चैतभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्य मन्त्रालय

280

काठमाडौं । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने बताएको छ । शुक्रबार एक विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तभित्र खोप लगाउने गरी सरकारले खोपको व्यवस्थापन गरिरहेको जनाएको हो ।

नेपाललाई आवश्यक थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिद सम्झौता प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

साथै कोभ्याक्स सुविधामार्फत जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

यसैगरी कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ । गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हुँदा चैत मसान्तसम्म खोप सबै नेपालीहरुको पहुँचमा पुग्ने बताइएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ । जसमध्ये चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौता भएका ४० लाख डोजसहित ५८ लाख डोज भेरोसेल खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...