कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन सुझाव

385

काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुँदै छ । “४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझव छ,” समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन् ।

कक्षा १२को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो ।

समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भइ परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कक्षा १२ को परीक्षा विद्यार्थीहरुले यो वर्ष होम सेन्टरमै दिन पाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...