भारतीय र अमेरिकी नोटसहित दुईजना पक्राउ

380

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दीप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।

प्रदेश १ प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दीप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान, र १ को ४ थानसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...