२४ घन्टामा थपिए २९७७ संक्रमित, १८ जनाको मृत्यु

350

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभरि गरिएको १३ हजार ६ सय ९८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० एन्टिजेन परिक्षणका क्रममा ९९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार १ सय ४६ पुगेको छ । त्यस्तै, कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप १ हजार ६ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ६ लाख ३९ हजार ३ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २७ हजार ६ सय ६१ सक्रिय संक्रमित आइसोलेसन र ३३५ जना क्वारेन्टिनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख १७ हजार ८ सय ८९ पिसिआर र २ लाख ८२ हजार १ सय ७९ वटा एन्टिजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...