२४ घन्टामा थपिए २७१४ संक्रमित, २४ जनाको मृत्यु

कोरोना अपडेट

253

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७ सय १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार १ सय २२ आरटी पिसिआर र ३ हजार ७ सय ७ एन्टिजेन गरी कुल १२ हजार ८ सय २९ जनामा परीक्षण गरिएकोमा २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ३५ जना र भेन्टिलेटरमा १ सय ७२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट १ हजार २ सय ८८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...