निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

410

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अब चुनौतीपूर्ण तेस्रो लहर सुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यको मापदण्ड उल्लङ्घन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

अहिलेपनि १० जिल्लामा ५ सयभन्दा बढी र २६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भीडले पनि संक्रमणको जोखिम बढाएको छ । त्यसैले मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...