खोप लिन चीन जाँदै नेपाल एयरलाइन्स

354

काठमाडौं । नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोजमध्ये बाँकी खोप लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को विमान चीन जाँदै छ ।

लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार नेपाल एयरलाइन्स आज भोलि र शनिबार खोप लिन चीन जाने छ ।

विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलोपटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको विमान आज गएर भोलि फर्कने, भोलि गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका छ ।

Share This:
सम्बन्धित खबर
Loading...