कुल ९६२८ परीक्षणमा भेटिए १८०१ संक्रमित, २३ जनाको मृत्यु

काेराेना अपडेट

267

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८ सय १ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ६ सय २८ आरटी पिसिआर र ३ हजार एन्टिजेन गरी कुल ९ हजार ६ सय २८ जनामा परीक्षण गरिएकोमा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ६१ जना र भेन्टिलेटरमा १ सय ६५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट १ हजार ६ सय ६७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । निको हुने दर ९४.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...