२४ घन्टामा थपिए १८७५ जना संक्रमित, २१ जनाकाे मृत्यु

काेराेना अपडेट

270

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८ सय ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ८ सय ५८ आरटी पिसिआर र ३ हजार २ सय ८ एन्टिजेन गरी कुल १० हजार ६६ जनामा परीक्षण गरिएकोमा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ८३ जना र भेन्टिलेटरमा १ सय ७६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट २ हजार १ सय ६४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । निको हुने दर ९४.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।

This image has an empty alt attribute; its file name is image-2-768x593.png

Share This:
सम्बन्धित खबर
Loading...