२४ घन्टामा थपिए २६७६ संक्रमित, १७५७ जना कोरोनामुक्त

काेराेना अपडेट

358

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ६ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार २ सय ५६ आरटी पिसिआर र ४ हजार ५ सय १२ एन्टिजेन गरी कुल १२ हजार ७ सय ६८ जनामा परीक्षण गरिएकोमा २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय २ जना र भेन्टिलेटरमा १ सय ७१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबारबार देशभरबाट १ हजार ७ सय ५७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...