‘कोरोना नियन्त्रण गर्ने कुनै विद्युतीय प्रविधिको विकास भएको छैन’

324

काठमाडौं । कोरोना भइरस (कोभिड–१९)लाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्र नकिन्न सरकारले आग्रह गरेको छ ।

कारोनालाई नियन्त्रण गर्ने हल्ला फिजाउँदै ब्रिकीका लागि बजारमा ल्याइएका यस्ता उपकरणमा कुनै सत्यता नभएकाले हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको हो ।

यस्ता कुरा तथ्यहीन भएकाले भ्रामक कुराको पछि नलाग्न केन्द्रको अनुरोध छ । बजारमा अहिले कोरोना नियन्त्रण गर्ने भन्दै कोरोना गार्ड जस्ता विद्युतीय उपकरणको विज्ञापन भइरहेको छ । तर, केन्द्रले अहिलेसम्म कोरोनालाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास नभएको भन्दै यस्ता उपकरणको पछि नलाग्न भनेको हो ।

खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नु नै कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भएको पनि केन्द्रले स्पष्ट पारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...