खोप लिन निगमको जहाज चीन जाँदै

438

काठमाडौं । कोरोना भइरस (कोभिड–१९)विरुद्धको भेरोसेल खोप ल्याउनका लागि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज आज चीन जाँदै छ ।

बेलुकी चीन जाने निगमको वाइडबडी जहाजले भोलि खोप नेपाल ल्याउने कार्यतालिका छ । आजदेखि साउन ८ गतेसम्म ३ वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्ष उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, कोभ्याक्स सुविधानमार्फत आउने खोप पनि चाँडै ल्याउने मन्त्रालयले जनाएको छ ।

यसअघि कोभ्याक्समार्फत ३ लाख ४८ हजार मात्र खोप आएको छ । नेपालमा हालसम्म ४२ लाख ४८ हजार खोप आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...