पोष्टमार्टमबाट खुलेन मृत्युको कारण, भिरेसा जाँच गर्ने तयारी

सुजिता भण्डारी मृत्यु प्रकरण

437

काठमाडौं । ब्रह्मस्थानी सामुदायिक वनमा मृत भेटिएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्टले मृत्युको कारण पत्ता लगाउन नसकेपनि उनको चोटपटकको कारणले भने मृत्यु नभएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्युको कारण स्पष्ट नभएकाले मृतकको भिरेसा जाँच गर्ने तयारी भइरहेको बताइएको छ । परिवारबाट सम्पर्कविहीन भएको १० दिनपछि जंगलमा मृत भेटिएकी सुजिताको शव नजिक धानबालीमा लगाइने विषको बट्टा पाइएकाले उनले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने पनि अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुको अनुमान छ । यद्यपि सो कुरा पुष्टि भने भइसकेको छैन ।

बलात्कार पछि हत्या गरिएको हो कि भन्ने शंकाबारेको अध्ययनमा पनि मेल नखाएको प्रहरीको भनाइ छ । मृतकको योनी परीक्षणका क्रममा जबरजस्ती करणी भएको आधार रिपोर्टमा नपाइएको चिकित्सकहरुले बताएका छन् ।

सुजिताको मृत्युको कारण फरेन्सी रिपोर्ट पछि पत्ता लाग्ने प्रहरी अधिकारीहरुको भनाइ छ । त्यसबाहेक अन्य कोणबाट पनि घटनाको सम्बन्धमा सुस्म अध्ययन अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

असार ११ गतेदेखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिताको शव आइतबार साँझ घरबाट करिब ४ किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...