दुईजना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

569

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुईजना एसएसपीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ ।

जेष्ठताका आधारमा मन्त्रालयले मंगलबार कालीदास धौवाजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ (ख) बढुवा सिफारिस गरेको जनाएको हो ।

बढुवा समितिको सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए अनुसार ७ दिनभित्र बढुवा समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...