२४ घन्टामा थपिए २,६३६ संक्रमित, ४,३४८ जना काेराेनामुक्त

काेराेना अपडेट

323

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ६ सय ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार २ सय ५९ आरटी पिसिआर र ४ हजार ४ सय ८९ एन्टिजेन गरी कुल ११ हजार ७ सय ४८ जनामा परीक्षण गरिएकोमा २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ४९ जना र भेन्टिलेटरमा १ सय ८४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट ४ हजार ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ । निको हुने दर ९३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७१  पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...