पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ

682

सर्लाही । मेड इन इटाली लेखिएको एउटा अटो पेस्तोलसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा क्षेत्रबाट बिहीबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षीय सञ्जय कुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत ५ बस्ने ४० वर्षीय उमा शंकर महतो छन् ।

भारतबाट बिआर ३० एन २०३४ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त पेस्तोल तथा सोको म्यागजिन २ वटा, गोली २ वटा, मोबाइल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपैयाँ फेला पारिएको हो ।

सशस्त्र प्रहरीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेतबरामद गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...