रसियालाई पराजित गर्दै डेनमार्क अन्तिमा १६ मा

489

काठमाडौं । डेनमार्क युरोकप २०२० फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दुई खेलमा पराजित भएको डेनमार्कले समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

अन्तिम १६मा पुग्नलाई जित्नैपर्ने दवावमा रहेको खेलमा डेनमार्कले रसियामाथि ४–१ को जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गर्यो ।

कोपनहेनको पार्केन रंगशालामा भएको खेलमा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियानसेन र जोकिम मुहलेले एक–एक गोल गरे । रुसका आर्मट ज्युबाले सान्त्वना गोल फर्काए ।

खेलको ३८औँ मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९औँ मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै अग्रता दोब्बर गरे ।

यस्तै, खेलको ७०औँ मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किने अवसर पाएको थियो । उक्त पेनाल्टीमा आर्मट ज्युबाले गोल गर्दै खेल १–२ को स्थितिमा पुर्याए ।

७९औँ मिनेटमा आन्द्रेस क्रिस्टियानसेनले गोल गर्दै डेनमार्कको २ गोल अग्रता बनाए । नियमित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा डेनमार्कका जोकिम मुहले गोल गर्दै ४–१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’मा रहेको डेनमार्कले ३ खेलबाट ३ अंक जोड्दै समूह उपविजेता बन्यो । समान ३ अंक रहेपनि गोल अन्तरमा फिनल्यान्ड र रसियाभन्दा अघि रहँदै नकआउट चरमा प्रवेश गरेको हो । अपराजित रहेको बेल्जियम समूह विजेता बन्यो ।

गएराति नै भएको खेलमा बेल्जियमले रसियामाथि २–० जित हात पारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...