४० हजार घुससहित वन अधिकृत पक्राउ

296

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

निलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेललाई घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाइदिने भन्दै ४० हजार घुसमाग गरेको उजुरीका आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

घुसरिसवत माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...