विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार

454

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली कांग्रेसले वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसद्हरु बैठकबाट हिँडेका थिए ।

आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेस हुने कार्यसूचि रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...