थप २,४०१ जनामा कोरोना पुष्टि, ३,६६० संक्रमणमुक्त

काेराेना अपडेट

486

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार १० आरटी पिसिआर र ४ हजार ६८६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८७४ जना र भेन्टिलेटरमा २५८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएर फर्किँएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । निको हुने दर ८९.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...