सीमाको रक्षाका लागि सरकारले कुनै सम्झौता गर्दैन : गृहमन्त्री अधिकारी

191

काठमाडाैं । गृहमन्त्री खगराज अधिकारीले सीमाको संवेदनशीलतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अधिकारीले नेपालीहरु सीमाका बारेमा अत्यन्त संवेदनशील रहेको भन्दै सीमाको रक्षाका लागि सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

उनले तोकिएको समयमा निर्वाचन हुने भन्दै निर्वाचनको सुरक्षा लागि आवश्यक तयारी पनि भइरहेको जानकारी दिए । त्यस्तै, उनले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराइ जनताको जीउधनको सुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताए ।

महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको उनले बताए ।

मन्त्री अधिकारीले गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी कामगर्ने जिकीर गरे।

Share This:
सम्बन्धित खबर
Loading...