थपिए ३ हजार ३८४ संक्रमित, ६१ जनाको मृत्यु

344

काठमाडौं । नेपालमा शनिबार थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५ सय ६ पिसिआर परीक्षणका क्रममा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ एन्टिजेन परीक्षणका क्रममा १ हजार दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५ सय ३५ पुगेको छ ।

त्यस्तै, थप ६ हजार २ सय ९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५ लाख २७ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ७१ हजार ३०१ संक्रिय संक्रमित आइसोलेसनमा र ५ सय ५२ जना क्वारेन्टिनमा छन् ।

हालसम्म नेपालमा ३२ लाख ७ हजार २ सय ८ पिसिआर र १ लाख २ हजार ९ सय ४० नमुना एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका कारण थप ६१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ३ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...