थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ५ हजार ७६८ कोरोनामुक्त

काेराेना अपडेट

335

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ३ सय ४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार ७४ आरटी पिसिआर र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले ‘प्रेस ब्रिफिङ’मा जानकारी दिए ।

काठमाडौंमा ६ सय ७९, ललितपुरमा १ सय ५१ र भक्तपुरमा ८५ जना गरी काठमाडौं उपत्यकामा ९ सय १५ जना संक्रमित भएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ३ सय १२ जना र भेन्टिलेटरमा ३ सय ७५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ५ हजार ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८५.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ८१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...