थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि, ९२ जनाको मृत्यु

काेराेना अपडेट

422

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ४ सय ७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार २ आरटी पिसिआर र ५ हजार ९ सय १ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७८ हजार ३ सय ६३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ७ हजार १ ८० जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ३४ जना र भेन्टिलेटरमा ३ सय ९७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार साेमबार देशभरबाट ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ९ सय ५१ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ९७ हजार ९ सय ६० जना पुगेको छ । निको हुने दर ८४.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...