देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

493

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

सोमबार मध्यान्ह १२ बजे प्रचण्ड देउवा निवास पुगेका हुन् ।

नेकपा (एमाले)का नेता माधव कुमार नेपालसँगको छलफल सकेर कांग्रेस सभापति देउवाको निवास पुगेका हुन् ।

प्रचण्ड र नेपालबीच करिब पौने एक घन्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेगलत्तै प्रचण्ड र नेपालबीच आइतबार राति पनि छलफल भएको थियो ।

कांग्रेस, माओवादीलगायत ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने गठबन्धनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको फैसला कुरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...