उपप्रधानमन्त्री राजेन्द्र महतोविरुद्ध सर्वोच्चमा रिट

216

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोविरुद्ध राज्यविरुद्धको कसुर गरेको भन्दै सर्वोच्च अदालतमा रिट दयार भएको छ ।

आइतबार अधिवक्ता तुलसीराम पराजुलीले उपप्रधानमन्त्री महतोविरुद्ध रिट दायर गरेका हुन् । यद्यपि रिट दर्ताकै क्रममा रहेको अधिवक्ता पराजुलीले जानकारी दिए ।

मुलुकी अपराध संहित २०७४ को दफा ४९(४)बमोजिम मन्त्री पदबाट बर्खास्त गरी ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना सजाय माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको बताए ।

उपप्रधानमन्त्री महतोले शुक्रबार राति शपथ ग्रहण लगत्तै मन्त्रालयको कार्यभार सम्हाल्दै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...