८,२४३ जना कोरोनामुक्त: थपिए ५,०४२ संक्रमित, ६८ जनाको मृत्यु

काेराेना अपडेट

298

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ५ हजार ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ४ सय ७१ आरटी पिसिआर र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ५१ जना र भेन्टिलेटरमा ३ सय ८४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ८ हजार २ सय ४३ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना पुगेको छ । निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ६८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...