काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी(जसपा)लाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनःगठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन् ।
“प्रधानमन्त्री ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ,” उनले भने ।
रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,“कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशविरुद्धमा छ ।”
उनले दुईपटक संविधानसभाको निर्वाचन भइ जनताको ठूलो मूल्य चुकाएर जारी भएको संविधान संसोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन् । उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन् ।
प्रमं केपीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अँझ छताछुल्ल भएको छ- pic.twitter.com/0P8Nj0BfVH
— Dr. Bhim Rawal (@BhimRawal179) June 5, 2021