स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो– तेस्रो र चौथो लहर आउन सक्छ, तयारी अवस्थामा रहनु

281

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को तेस्रो तथा चौथो लहर आउनसक्ने भन्दै अस्पतालहरुमा आवश्यक तयारी गर्न आह्वान गरेको छ ।

तेस्रो तथा चौथो लहर आउनसक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भएकाले कम्तिमा २० प्रतिशत शय्या छुट्याउन मन्त्रालयले अनुसोध गरेको छ ।

“दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउनसक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, अक्सिजनको व्यवस्थापन गर्न पनि मन्त्रालयले अस्पताल तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुलाई सूचित गरेको छ ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...