काठमाडौं । आगामी असार १ गतेदेखि दुई महिन मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको हो ।
केयुकेएलका अनुसार सुरुङमार्गको परीक्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन् । सुरुङ परीक्षणका क्रममा केही समस्या देखिएमा तत्कालै त्यसको समाधान गरिने बताइएको छ ।
यसरी परीक्षण गर्न समय लाग्ने भएकाले करिब दुई महिना पानी नआउने केयुकेएलले जनाएको छ । मेलम्चीबाट दैनिक १७ हजार करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको छ ।