काठमाडौं । नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता बचाउन भइरहेको छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
“पार्टीको अन्तरिक एकताका लागि भइरहेको छलफलबारे विवेचना भयो । एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ,” ज्ञवालीले भने ।
त्यस्तै, एमाले बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेको बहसमाथि समीक्षा भएको छ ।
साथै बजेट र लुम्बिनी प्रदेशसमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समेत बैठकमा समीक्षा भएको छ ।