मोरङमा निषेधाज्ञा जेठ २४ गतेसम्म लम्ब्याइयो

319

विराटनगर । मोरङमा  वैशाख १९ गतेदेखि जारी निषेधाज्ञा जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ ।

जिल्लो प्रशासन कार्यालय मोरङमा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारीका कारण संक्रमण बढ्दै गएको र मृत्यु दरमा पनि कमी नआएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

जेठ १ठ गते राति १२ बजेदेखि जेठ २४ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको र अबको निषेधाज्ञामा हिँड्डुलका साथै आवश्यक काम बाहेक बाहिर निस्कने, पसलहरु खोल्नेलाई थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक अनावश्यक घर बाहिर ननिस्कन आह्वान गरिएको छ ।

खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्री पसल बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

अटेर गरेर सवारी साधन चलाउने, पसल खोल्ने, अनावश्यक हिँड्डुल गर्नेलाई जरिवानासहित कारबाही गरिने जिल्ला प्रशासन मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...