काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडलले वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको बताए । यसका लागि १ खर्ब छुट्याएको उनले बताए ।
मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले वृद्धभत्ता बुझ्दै आएका छन् ।