प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

447

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो ।

सर्वोच्चमा आज देउवाको पक्षमा १४ र चुनावको पक्ष तथा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै ४ वटा रिटमाथि सुनुवाइ भएको हो ।

शुक्रबार संवैधानिक इजलास बस्दैछ । देउवासहित प्रतिनिधिसभाका १ सय ४६ सांसद्ले दायर गरेको रिटमाथि पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ ।

संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् ।

Share This:
सम्बन्धित खबर
Loading...