बागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

264

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

बिहीबार साँझ ५ बजे बोलाइएको बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...