अदालत जानुअघि देउवा, प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल

211

काठमाडौं । सर्वोच्च अदालतमा रिट दायरका लागि जाने तयारी गरेका विपक्षी दलका नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधव कुमार नेपाल छलफलमा बसेका छन् ।

दलका निवर्तमान सांसदहरूको हस्ताक्षर गरिसकपछि तीन नेताहरूबीच सिंहदरबारमा बैठक बसेका हुन् । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने सहभागी छैनन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा अदालतमा प्रस्तुत हुने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...