२४ घन्टामा थपिए ७ हजार ९१४ संक्रमित, ७ हजार ७६४ जना कोरोनामुक्त

काेराेना अपडेट

646

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ७ हजार ९१४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १९३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १८ हजार ९६५७ आरटी पिसिआर र ९३१ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ७ सय ६१, ललितपुरमा ६ सय ९४ र भक्तपुरमा ३ सय ६६ जना गरी उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन् ।

आइतबार देशभर ७ हजार ७६४ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ७ हजार ७६४ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ९१ हजार ४४८ जना पुगेको छ । निको हुने दर ७६.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १९३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...