काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघले सञ्चालन गरेकोराष्ट्रपति र प्रधानमन्त्रीलाई‘गोबर उपहार’ आन्दोलनका क्रममा पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतलाई आज बिहान नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।
त्रिपाठीलाई बिनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्री दीपक भट्टराईले माग गरेका छन् ।
“मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमका विरुद्ध प्रतिकात्मक विरोधस्वरुप प्रतिगमनका मतियार, दिमागमा विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रममा आज काठमाडौं, बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीहरुमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय छ,” नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“सोही क्रममा संघका निवर्तमान केन्द्रीय सरदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहाइका लागि जोडदर माग गर्दछौँ ।”
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोमा चौतर्फी विरोध भइरहेको छ ।