काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसद्हरुको भेला बोलाएको हो ।
छलफलका लासग नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, विरोध खतिवडालगायत २० जनाभन्दा बढी सांसद्हरु सिंहदरबार पुगेका छन् ।
राष्ट्रिपति भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि समय दिएकी छन् ।