धेरै विकल्पमा छलफल गरिरहेका छौँ : प्रचण्ड

373

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिले धेरै विकल्पमा छलफल गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा भएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“छलफल चलिरहेको छ । विकल्प धेरै छ । विकल्पमाथि छलफल भइरहेको छ । सायद एकछिनपछि निर्णयमा पुग्छौँ,” प्रचण्डले भने ।

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने छलफल भएको हो भन्ने प्रश्नको जबाफ दिँदै प्रचण्डले यसबारे अहिले केही निर्णय नभएको बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...