नयाँ सरकार गठनको आह्वान आपत्तिजनक र असंवैधानिक : कांग्रेस

278

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताए ।

“संविधानको धारा ७६ को (३) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत हो । आपत्तिजनक र असंवैधानिक छ,” प्रमुख सचेतक खाँडले भने ।

नयाँ सरकार गठनका लागि दिइएको २१ घन्टाको समय अवधि तोकिनु आश्चर्यको विषय भएको उनले बताए । यसबारे शुक्रबार बिहान पार्टीका शीर्षस्थ नेताबीच छलफल गरेर रणनीति बनाउने प्रमुख सचेतक खाँडले बताए ।

राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले प्रतिक्रिया जनाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...