चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू र नबिलले अक्सिजन प्लान्ट स्थापना गर्ने

206

काठमाडौं । काठमाडौंको केन्द्रभागमा रहेको वीर अस्पतालमा चौधरी फाउन्डेसनले आइसियू वार्ड र नबिल बैंक लिमिटेड अक्सिजन प्लान्ट स्थापना गरिदिने भएको छ ।

मंगलबार फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाह र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालका उपकुलपति प्राडा. देवनारायण शाहबीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

चौधरी फाउन्डेसनले चौधरी फाउन्डेसन स्थापना गरिदिने सम्झौतामा उल्लेख छ । त्यस्तै अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर–प्रतिघन्टा रहने र मे महिनाभित्रै निर्माण सम्पन्न हुने बताइएको छ । सम्झौता कार्यक्रममा नाम्सका उपकुलपति शाहले वीरमा एक सय कोरोना संक्रमितको उपचार गर्ने क्षमता रहेपछि हाल करिब दुई सय जना संक्रमितको उपचार भइरहेको जानकारी दिए । हाल अस्पतालमा अक्सिजनको चरम अभाव भइहेको भन्दै सम्झौताले कोरोना संक्रमितको उपचार सहज हुने विश्वास व्यक्त गरे ।

त्यस्तै चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोरोना महामारीसँग जुधिरहेका बेला राज्यलाई सदैव सहयोग गर्न तयार रहेको जानकारी दिए ।

त्यस्तै नबिलका सिइओ शाहले वीर अस्पतालमा अब अक्सिजन अभाव नहुने भन्दै कोरोना संक्रमितको उपचारमा कुनै कठिनाइ हुन नदिने बताए ।

उनले कोरोना संक्रमितको सहज उपचारका लागि सबै अस्पतालमा आवश्यक पूर्वाधार सम्पन्न हुनुपर्ने धारणा पनि राखे । सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड उपचार अस्पतालमा रुपान्तरण गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...