बार्सिलोनालाई पहिलोपटक महिला च्याम्पियन लिगको उपाधि

266

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले पहिलोपटक महिला च्याम्पियन लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा इंग्लिस क्लब चेल्सीमाथि ४–० गोलको सानदार जित निकाल्दै बार्सिलोनाले उपाधि उचालेको हो ।

खेलको सुरु भएको ३३ सेकेन्डमै आत्मघाती गोलको मद्धतबाट अग्रता बनाएको बार्साले ३६ मिनेटमा थप ३ गोल गरेको थियो । चेल्सीकी मेलानी ल्युपोल्जले आत्मघाती गोल गरेकी थिइन् ।

१४औँ मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाइन् ।

यस्तै, २०औँ मिनेटमा आटिआना बोनमाटी र ३६औँ मिनेटमा कारोलिन ग्राहम हानसेनले गोल गरे ।

दोस्रो हाफको अधिकांश समय चेल्सीले खेल पकडमा राखेपनि गोल भने फर्काउन नसक्दा फराकिलो हार बेहोर्न बाध्य भयो । चेल्सी पहिलोपटक च्याम्पियन लिगको फाइनलमा पुगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...