काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास दिलाएका छन् ।
सिंहदरबारमा नेता माधव कुमार नेपालसँगको कुराकानीपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले पार्टी मिल्छ, एकता हुन्छ भने ।
प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट संसदमै पेस गरिने पनि प्रष्ट गरे । बजेट अध्यादेशबाट ल्याउने हो भन्ने प्रश्नमा प्रधानमन्त्रीको जबाफ थियो,“प्रतिनिधिसभा जिवितै छ ।”
पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेपछि भरम संकटमा फसेको एमालेमा नेपाल पक्ष बिनै बसेको गत फागुन २८ का निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनेबारे दुई नेताबीच केही दिनयता लगातार संवाद भइरहेको छ ।