अक्सिजन खोज्ने काम बिरामीका आफन्तको होइन, अस्पतालको हो : स्वास्थ्य मन्त्रालय

296

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभइ अस्पतालहरुको हुने बताएका छन् ।

मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको हो । “अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेको सूचना अएको छ,” उनले भने, “सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।”

धेरै अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...