सोलुखुम्बुमा खुम्बु आधार शिविरबाट फर्किएका ४ सहित ६ जनामा कोरोना पुष्टि

339

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ७ जनाको एन्टिजेन परीक्षण गर्दा आधार शिविरबाट फर्किएका ४ पुरुषसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा सम्योजक अर्थिमाया तामाङले जानकारी दिइन् ।

उनका अनुसार संक्रमितहरुमा १ महिला र बाँकी ५ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ ।

जसमध्ये २ जना कोरोनामुक्त भएका छन् भने २ जनालाई थप उपचारका लागि रेफर गरिएको गाउँ पालिकाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...