७७६ नमुना परीक्षणमा २७० जनामा संक्रमण पुष्टि

1,222

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ सय ७६ नमुना परीक्षण गर्दा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढीका १ सय १८, कैलालीका १०१ जना र अन्य जिल्लाका ५१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

हाल अस्पतालमा ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आइसियूमा र४५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा सेती अस्पतालबाट ४ जना निको भई घर फर्किएका छन् भने थप २७ जना अस्पतालमा भर्ना भएका छन् ।

यस्तै, संक्रमणबाट ३ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...