मोरङमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

318

विराटनगर । मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ६ जनाको बिहीबार बिहानसम्म मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ र विराट शिक्षण अस्पतालमा एकको मृत्यु भएको हो ।

नोबेल अस्पतालमा उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुष, इनरुवा नगरपालिकाकी १८ वर्षीया युवती र सप्तरीको कञ्चनपुर–८ का ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

विराटनगर महानगरपालिका–४ का ६० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । यस्तै, ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको सोही अस्पतालमा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

यसैगरी, विराट शिक्षण अस्पतालमा विराटनगर–१ का ३० वर्षीय पुरुषको बिहीबार बिहान १२ः३० बजे मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...