निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

245

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय शय्याभन्दा माथिका निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेष त्रिपाठीको उपस्थितिमा बसेको मन्त्रालयका पदाधिकारीहरुको बैठकले १ सय शय्या माथिका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

कोरोनाको उपचारका लागि अक्सिजन अभाव भएपछि उपत्यका तथा बाहिरका निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना लिन छाडेको र भएकालाई पनि अन्यत्र सार्न भनेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब १ सय बेड माथिका सबै खाले अस्पतालले १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय भएको जानकारी गराउँदै त्यसका लागि गुणस्तर मापन तथा नियमन महाशाखाले सहजीकरण गर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...