बालुवाटारमा ओली, ठाकुर र महतोबीच साढे ३ घन्टा छलफल

558

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग बालुवाटारमा साढे ३ घन्टा छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ ।

उनीहरुबीच पछिल्ले राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ । बहुमतको सरकार गठनका लागि आह्वान भइरहेको बेला नेताहरुबीच छलफल भएको हो । जसपाका अध्यक्ष ठाकुर समूह प्रधानमन्त्रीको ओलीको समर्थनमा छ भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनको पक्षमा छन् ।

पछिल्लो समय भाजपाका एक नेताले भारतको चाहना केपी ओली नेतृत्वको सरकार भएको प्रतिक्रिया दिएसँगै ओली, ठाकुर र महतोबीचलाई बल पुगेको जानकारहरु बताउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्म समय सीमा दिएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...